बारा । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार उनले १३ हजार ८०४ मतका साथ लिड गरिरहेका छन् ।
यादवलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ९ हजार २३१ मत पाएका छन् । तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ५७७ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल चौथो स्थानमा छन् । उनले २ हजार ३१ मत पाएका छन् । यसैगरी आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले १ हजार ५८६ मत पाएका छन् । यी बाहेक अन्य उम्मेदवारले एकसय मत पनि पु¥याउन सकेका छैनन् ।




















प्रतिक्रिया