चितवन । चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंसिरमा पाएको भन्दा बढी मत प्राप्त गरेका छन् । गएको मंसिरमा भएको निर्वाचनमा लामिछानेले ४९ हजार २६४ मत पप्त गरेका थिए भने उनका प्रतिष्पर्धी कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए ।
त्यस्तै एमालेका तत्कालिन उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत ल्याएका थिए । तर अहिले ८ लगभग ८ अजार मत गन्न बाँकी रहँदा पनि रवि लामिछानेले ५० हजारभन्दा बढी मत आएको छ । लामिछाने झन्डै ४१ हजारको मतअन्तरले अगाडि छन् ।
पछिल्लो मतपरिणामअनुसार लामिछानेले ५० हजार ७९ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ९ हजार १६५ मत पाएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । यस्तै एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्राप्त गरेका छन् ।
गत मंसिर ४ को आमनिर्वाचनमा लामिछाने रवि चितवन २ बाटै निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण उनको सांसद पद गुमेपछि उपनिर्वाचन भएको थियो ।
मंसिर ४ को आमनिर्वाचनमा ४९ हजार २६१ मत ल्याएका लामिछानेले अहिले त्योभन्दा बढी मतान्तरको शानदा जित निकाल्ने पक्का भएको हो ।
जितनारायणले दिए बधाई
चितवन(२ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले जित सुनिश्चित गरेका रास्वपाका रवि लामिछानेलाई बधाई दिएका छन् । मतगणनास्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापतिसमेत रहेका रविलाई बधाई दिएका हुन् ।
रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै श्रेष्ठले प्रतिस्पर्धीका रुपमा रविको रचनात्मक काममा सहयोग गर्ने बताए । उनले भने, ‘जनप्रतिनिधिलाई एउटा प्रतिस्पर्धीका रुपमा नकारात्मक होइन, सकारात्मक सहयोग रहन्छ ।’




















प्रतिक्रिया