Logo

खेलकुद

सिंगापुरद्वारा कुवेतविसामू ११३ रनको सामान्य लक्ष्य प्रस्तुत



काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा सिंगापुरले कुवेतलाई १ सय १३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टियु मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३१ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय १३ रन बनाएको हो ।

सिंगापुरका लागि ओपनर अर्मत्य कौलले ६० बलमा ४५ रन बनाए । मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए । थिलिपन उमरदुराईले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुवेतका लागि कप्तान मोहम्मद अस्लामले ८ ओभर ४ बलमा २० रन खर्चदै ५ विकेट लिए । शिराज खानले ३ विकेट लिए ।

प्रतियोगिताबाट बाहिरिसकेको समूह ‘बी’को सिंगापुर अन्तिम खेलमा सान्त्वना जित हात पार्न चाहन्छ । सेमिफाइनलको झिनो सम्भावना कायम राख्न कुवेतलाई जित आवश्यक रहेको छ । यस समुहबाट हङकङ सेमिफाइनल प्रवेश गरिसकेको छ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १२:०५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।