Logo

प्रमुख समाचार

जहाजको गोठालाे गर्न कठिन रहेछ : नागरिक उड्यानमन्त्री किराँती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराँतीले सोमबार राति फ्लाई दुबैको जहाज चरासँग ठोकिएको भन्ने कुरा प्रमाणित नभएको बताएका छन् । काठमाडौंको त्रिभुव विमानस्थलबाट राति दुबैका लागि उडेको फ्लाई दुबैको जहाज चरासँग ठोकिएको भनेर कम्पनीले दाबी गरेको थियो ।

उनले फेसबुकमा लेखेका छन्, ‘जहाँ सम्म जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।’ तर त्यो कुरा अहिलेसम्म प्रमाणित नभएको मन्त्री किरातीले सामाजिक स्पष्ट पारेका हुन् ।

मन्त्री किरातीले आफू हवाईजहाजको गोठालो भएको भन्दै यो काम कठिन रहेको पनि उल्लेख गरेका छन् । ‘गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाईजहाजको गोठालो गर्दैछु’, उनले भनेका छन्, ‘गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ । आज राति मैले राम्ररी थाहा पाएँ ।’

मन्त्री किरातीले नकरात्मक हल्ला नगर्न र त्यस्ता हल्लाको पछि नलाग्न पनि सबैसँग आग्रह गरेका छन् । ‘कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं । ‘कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ, मेरो आमाले भन्नु हुन्थ्यो’, उनले भनेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १२:२४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।