काठमाडौं । चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका जितनारायण श्रेष्ठले नवनिर्वाचित सांसद रवि लामिछानेले चालेका हरेक सकारात्मक काममा सहयाग गर्ने प्रतिवद्धता जनाएका छन् ।
कांग्रेसका श्रेष्ठसँग झन्डै ४३ हजार मतान्तरले लामिछाने विजयी भएका छन् । त्यसलगतै फेसबुकमार्फत बधाई तथा शुभकामना दिँदै श्रेष्ठले रविको हरेक सकारात्मक कदममा पूर्ण साथ रहने बताएका हुन् । उनले भनेका छन्, ‘प्रिय मित्र रवि लामिछानेजी, चितवन क्षेत्र न।२ को प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनु भएकोमा तपाईलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु। तपाईं यस क्षेत्रको संघिय सांसद निर्वाचित भइरहँदा म प्रति विकासको अपेक्षा राख्नु हुने मतदाताहरूको पनि तपाईंले अभिभारा लिनु हुनेछ भन्ने विश्वास लिएकोछु।निकट्तम प्रतिस्पर्धीको रूपमा चितवन क्षेत्र न.२ को बिकाश निर्माणमा तपाईँले चाल्ने हरेक सकारात्मक काममा मेरो पूर्ण सहयोग रहनेछ भने जनचाहनाअनुसार काम नभए खबरदारी पनि गरिरहनेछु।’
रविले आफूलाई चितवनका जनताको भावनाअनुसार अब्बल जनप्रतिनिधि सावित गर्ने विश्वास पनि नेता श्रेष्ठले लिएका छन् । ‘यहाका मतदाताको भावना अनुसार आफूलाई अब्बल जनप्रतिनिधि साबित गर्नुहुनेछ भन्ने अभिलाषाको साथ सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु’, उनले भनेका छन् ।




















प्रतिक्रिया