Logo

प्रमुख समाचार

सबैसँगकाे सहकार्य र विश्वासमा तनहुँको विकास गर्छु : सांसद वाग्ले



तनहुँ । तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले सबैको विश्वास लिएर तनहुँको विकास विकासमा लाग्ने बताएका छन् । मंगलबार दमौलीमा आयोजित नवनिर्वाचित संसदलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले मतदातामाझ गरेको प्रतिबद्धता पूरा गर्न आफ्नो इमानदार प्रयास रहने बताए ।

‘लोकतन्त्रमा एउटा व्यक्ति आएर जादुको छडी चलाएर चमात्कार गर्ने भन्ने हुँदैन, सबैको सामूहिक प्रयात्न हुन्छ, प्रणाली र सुदृढिकरणबाटै हुन्छ’, सांसद वाग्लेले भने, ‘हाम्रो टिमबाट गर्ने कामहरुमा मेरो इमानदार प्रयात्न रहनेछ । सबैको विश्वास लिएर सहकार्य गरी तनहुँको विकास गर्नेछु ।’

आफ्नो जित पुरानो दलहरु, नेतृत्वप्रतिको वितृष्णा र नयाँ युवाहरुले नेतृत्व गरेको राजनीतिप्रतिको आशा पनि रहेको भन्दै उनले तनहुँवासीले गर्व गर्नसक्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै तनहुँवासीको आशा, भरोसा र विश्वासलाई डगमगाउन नदिने उनको भनाइ थियो ।

वाग्ले ३४ हजार ९११ मत प्राप्त गरी तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १५:३८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।