Logo

राजनीति

बारा–२ मा उपेन्द्रले कटाए २० हजार मत, जनमतका कुशवाहा पछ्याउँदै



बारा । बारा २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राख्दै २० हजार मत कटाएका छन् । पछिल्लो पटक प्राप्त नतिजा अनुसार उनले २० हजार ४६३ मत पएका छन् ।

जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १७ हजार ७९८ मतका साथ यादवलाई पछ्याइरहेका छन् । कुशवाहाले यादवसँगको पाँच हजारभन्दा बढी मतको अग्रता घटाउँदै आएका छन् ।

तेस्रोमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६ हजार १२१ मत पाएका छन् भने २ हजार ४६६ मतका साथ रास्वपाका रमेश खरेल चौथो स्थानमा छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १९:२२   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।