बारा । बारा २ को उपनिर्वाचनको मतगणना जारी छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेपनि जनमत पार्टीका शिवचन्द्र कुशवाहाले उनलाई पछ्याइरहेका छन् ।
सुरुवातमा एकअर्कालाई अघिपछि पार्दै आएका दुई उम्मेदवारबीच अहिले पनि रोचक प्रतिस्पर्धा भइरहेको छ । यादवले लिएका पाँच हजारको मतान्तर पछिल्लो पटक कुशवाहाले घटाएका छन् ।
पछिल्लो परिणामअनुसार यादवले २१ हजार ४४६ मत पाएका छन् भने कुशवाहाल १८ हजार ६८३ मत ल्याएका छन् । दुई उम्मेदवारबीच अहिले २ हजार ७६३ मतान्तर छ ।
तेस्रोमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६ हजार २७६ र चौथो स्थानमा रहेका रास्वपाका रमेश खरेलले २ हजार ५५६ मत प्राप्त गरेका छन् ।




















प्रतिक्रिया