काठमाडौं । एसीसी प्रिमियर कपमा आज बुधबार दुई खेल हुँदैछ । टियु मैदान र मुलपानी मैदानमा समान १/१ खेल आयोजना हुँदैछ ।
मुलपानी मैदानमा हुने खेलमा समूह ‘बी’ का बहराइन र युएईबीच खेल हुँदैछ ।
टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह ‘ए’ का साउदी अरेबिया र ओमानबीच खेल हुँदैछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।




















प्रतिक्रिया