Logo

प्रमुख समाचार

सरकारले एनजीओ आइएनजीओमाथि भ्याट गन चलाएको छ : सांसद बजगाईँ



गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले सरकारले एनजीओ आइएनजीओमाथि भ्याट गन चलाएको छ आरोप लगाएका छन् ।

उनले २०७४ देखि २०८० सम्मै सरकारले एनजीओ र आइएनजीओमाथि भ्याट गन चलाएको आरोप लगाएका हुन । सांसद बजगाईँले सरकारले एनजीओ/आइएनजीओलाई भ्याट धेरै तिर्न लगाएको आरोप लगाएका छन् । उनले सरकारले भ्याटमा कमी गर्नुपर्नेमा जोड दिएका हुन ।

एनजीओ/आइएनजीओले भूकम्पलगायतका महामारीमा नेपालमा धेरै सहयोग गरेको भन्दै भ्याट घटाउनुपर्ने माग गर्नुभयो । उनले राष्ट्र बैक शेयर बजार माथी निर्मम भैरहेछ पनि आरोप लगाउनु भएको छ । उनले शेयर धितो कर्जा पुँजी जोखिम भारलाई घटाउन माग गर्नुभयो ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १६:५४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।