Logo

प्रमुख समाचार

बलेनको गृहमन्त्रीलाई प्रश्नः कसरी कानुनी राज्यको अनुभूति दिलाउनुहुन्छ गृहमन्त्री ज्यू ?



काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न गरेका छन् ।

उनले सरकारले सर्बोच्च अदालतको फौसलालाई कार्यान्वयन गर्न समेत सरकारले सहयोग नगरेको आशयमा गृहमन्त्रीलाई अवैध संरचना संरक्षण गरेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘स्मरणका लागि २०७६ साउन २० गते सम्मानित सर्बोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र यिनका सहायक नदीह?को जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाह? भत्काएर नदीको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश भएको थियो । आज फेरि उच्च अदालतले बागमती सभ्यताको वि?द्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको अवस्था छ ।

यदि कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपील गरेर प्रक्रिया सु? गर्नुहोस, या कानुन बमोजिमको शासन व्यवस्था अगाल्नुहोस् । यो तर्फ कुनै पनि कदम नचाली वैधानिक रुपमा नै यति भई सक्दा पनि कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ गृहमन्त्री ज्यू ? कसरी कानुनी राज्यको अनुभूति दिलाउनु हुन्छ गृहमन्त्री ज्यू ?’

उनले गृहमन्त्रीले आजको संसद बैठकको सम्बोधनलाई लक्षित गर्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १९:२७   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।