काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह ‘ए’ को अन्तिम खेलमा कतारविरुद्ध खराब ब्याटिङ गरेको छ । नेपालले १७.१ ओभरमा ५ विकेट गुमाइसकेको छ ।
नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा गुमाउँदै खराब सुरुआत गरेको नेपालले ३.३ ओभरमा दोस्रो विकेट गुमायो । कतारलाई दोस्रो विकेट दिने क्रममा भिम सार्की इक्रामुल्लाह खानको बलमा आउट भए ।
आसिफ शेख २७ बल खेल्दा १९ रन बनाएर पभेलियन फर्किए । कप्तान रोहितकुमार पौडेल चौथो विकेटको रुपमा २७ रन बनाएर आउट भए । कुशल मल्ल पाँचौ विकेटको रुपमा १७.१ ओभरमा आउट भए । उनले ३ रन मात्र जोडे । त्यतिबेला नेपालले ५ विकेटको क्षतिमा ६९ रन जोडेको स्थिति थियो । नेपालका लागि अहिले सोमपाल कामी र आरिफ शेख ब्याटिङ गरिरहेका छन् ।




















प्रतिक्रिया