Logo

खेलकुद

कतारविरुद्व नेपालकाे खराब ब्याटिङ : १५७ रनमा अल आउट !



काठमाडौं । एसीसी प्रिमियर लिग अन्तर्गतको कतारसँगको खेलमा नेपालले खराब ब्याटिङ गरेकाे छ। त्रिभुवन क्रिकेट मैदानमा भएको खेलमा नेपालले पहिला ब्याटिङ गरेको थियो ।

तर अगाडिका खेलहरुमाजस्तो नेपालले खासै राम्रो ब्याटिङ यो खेलमा देखाएन । सुरुदेखि नै कतारविरुद्व कमजोर ब्याटिङमा उत्रिएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमायो । नेपालका कुसल भूर्तेलले जम्मा २ रन जोडेर आउट भए भने भिम सार्कीले जम्मा ६ रन मात्रै जोड्न सफल भए । उनले एक चौका प्रहार गरे ।

गायन मुनाविराको बलमा भिम आउट भए । आशिफ शेख र रोहितकुमार पौडेलले खेललाई केही लयमा लिन खोजेका थिए । तर असिफ सेख २७ बलमा दुई चौका सहित १९ रन जोडेर आउट भए । सोमपाल कामी र रोहितकुमार पौडेलले खेललाई फेरि लयमा लिने प्रयास गरे । २६ रन जोडेर कप्तान समेत रहेका पौडेल आउट भए । कुृसल मल्ल ब्याटिङमा आएर खेललाई सम्हाल्ने सबैले सोचेका थिए । तर अचम्म कुशल तीन रन बनाएर आउट भए ।

अघिल्लो खेलमा शतक पार गरेका मल्ल पनि खेलमा टिकेर खेल्न नसकेपछि नेपालले लय नसमात्ने देखाएको थियो । त्यसपछि आरिफ शेख ब्याटिङमा भित्रिए । आरिफ शेख र सोमपाल कामी केही समय टिकेजस्तो लागे पनि रन भने खासै बनाउन सकेनन् । पूल शट प्रहार गर्ने चक्करमा सोमपाल पनि आमिर फहरुखको हातबाट क्याच हुन पुगे ।

त्यसपछि दिपेन्द्र सिंह ऐरीले ब्याटिङ सम्हाल्न फिल्डमा उत्रिए । २६.२ ओभरमा आरिफ शेख पनि आउट भए । उनले जम्मा १० रन मात्रै जोड्न सके । अमिर फारुकको बलमा उनी आउट भए । त्यसपछि फिल्डमा गुल्सन झा भित्रिए । २७ ओभरमै १२ रन जोडेर दिपेन्द्र सिंह ऐरी पनि आउट भए । आमिर फहरुखले तेस्रो विकेट लिए । दीपेन्द्रसिंह ऐरी मिडविकेट क्षेत्रमा ओवाइस अहमदबाट क्याचआउट भए ।

ऐरी आउट भएपछि सन्दीप लामिछाने ब्याटिङमा भित्रियो । एक छक्का र एक रन जोडेर गुल्सन झा पनि आउट भए । नेपालको नवौ विकेट गएपछि खेल लयबाट बाहिरिएको थियो । फेरि ललित राजवंशी ब्याटिङमा भित्रिए । ललित र सन्दीप भएर कतार विरुद्वको खोलमा ब्याटिङबाट खेललाई लयमा लिने प्रयत्न गरिरहे । सन्दीपले खेललाई केही समय ‘हाेल्ड’ गराए । उनले नटआउट ५८ बलमा ६ चौकासहित ४२ रहन जाेडे । उता ललित राजवंशीले भने खासै प्रदर्शन गर्न सकेनन् । उनले १७ बलमा जम्मा एक रन ल्याएका थिए । ४०.३ ओभरमा अमिर फारुकको बलमा ललित राजवंशी आउट हुन पुगे ।

एसीसी प्रिमियर कपको समूह ए बाट आफ्नो अन्तिम खेलमा नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको छ । दशौं नम्बरमा आएर सन्दीप लामिछानेले अविजित ४२ रनको पारी खेलेपछि नेपालले १५० माथिको स्कोर पार गरेको हो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १२:२१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।