पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई बिहीबार संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
गण्डकीको नयाँ मुख्यमन्त्रीका लागि आज (बिहीबार) नै पाण्डले दाबी पेश गरेका थिए । पाण्डे कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । गण्डकीमा सत्ता साझेदार दलबीच आलोपालो सरकारको नेतृत्व लिने सहमति अनुसार पहिलो चरणमा पाण्डेलाई मुख्यमन्त्रीमा माओवादी र एकीकृत समाजवादीले समर्थन गरेका हुन् ।
६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । गण्डकीकको सबैभन्दा ठूलो दल कांग्रेस हो । उसको प्रदेशसभामा २७ सीट छ । सभामुखसहित माओवादीको ८ सीट रहेको छ भने, स्वतन्त्र सांसद मनाङे पनि गठबन्धनमा छन् ।
नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले विश्वास गुमाएपछि प्रदेश प्रमुख गुरुङले नयाँ मुख्यमन्त्रीमा दाबी पेश गन बिहीबारसम्मकै समय दिएका थिए । समयसीमाभित्र पाण्डेले ३५ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।




















प्रतिक्रिया