इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कटाक्ष गरेका छन् । झापामा आफूमाथि भएको आक्रमणको विषयलाई लिएर हिमानी शाह नाममा खोलिएको फेक ट्विटर ह्याण्डलबाट गरिएको ट्विटलाई लिएर ओलीले पूर्वराजामाथि आक्रोश पोखेका हुन् ।
इलाममा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘ज्ञानेन्द्र साह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन् । अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे ।’
अध्यक्ष ओलीले ज्यादा फरफर गरे हिसाब किताब देखाइदिने चेतावनीसमेत दिएका छन् । ‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’, एमाले सहनशील भएर धेरै हिसाब नगरेको भन्दै ओलीले भने, हिसाब किताब गर्न नपरोस्, छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर ।’




















प्रतिक्रिया