Logo

प्रमुख समाचार

संसद सचिवालयलाई सांसद कोइरीले पठाए आफू ‘अस्वस्थ’ रहेको पत्र



काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कोइरीले बिरामी भएर संसद बैठकमा अनुपस्थित रहेको जानकारी संसद सचिवालयलाई गराएका हुन् ।

यसबीचमा कोइरीले दुई पटक पत्र पठाइएका छन् । उनले पत्रमा लेखेका छन्, ‘माघ २५ गतेदेखि असस्थ भई उपस्थित हुन सकेको छैन । सुधार भएपछि उपस्थित हुन्छु ।’

महोत्तरी १ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको घटनाका अभियुक्त हुन् । उनी निर्वाचित भएपछि शपथ लिन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित भएका थिए ।

त्यसपछिका धेरै बैठकमा भने उनी उपस्थित भएका छैनन् । लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ । तर महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १९:२४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।