Logo

प्रमुख समाचार

राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकुहरुलाई दिने सरकारको निर्णय गलत : महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेकास महामन्त्री गगन थापाले राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकुहरुलाई दिने सरकारको निर्णयको विरोध गरेका छन् । बरु सरकार पीडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शीघ्र टुङ्ग्याउन केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन् ।

महामन्त्री थापाले सामाजिक संजालमा लेखेका छन्, ‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ,रोक्नुपर्छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधिन रहेकोले सरकार रकम बाँड्न होइन पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस्।’

गत चैत ६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयले अयोग्य लडकुलाई रकम दिनेबारेको कार्याविधि बनाएको छ । कार्यविधि बनेसँगै सशस्त्र द्वन्द्वमा लडी समायोजन हुने क्रममा ‘अयोग्य’ ठहरिएका माओवादीका लडाकुलाई प्रतिव्यक्ति २ लाख दिने बाटो खुलेपनि सत्ता गठबन्धनकै नेताहरुले विरोध गरेका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार २०:१७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।