Logo

खेलकुद

एसीसी प्रिमियर कप : बर्षाका कारण फाइनल खेल रोकियो



काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र युएईको फाइनल खेल वर्षाका कारण रोकिएको छ ।

टस हारेर ब्याटिङ गरेको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको हो । नेपालका लागि करण केसीले दुई, सन्दीप लामिछाने, सोमपाल कामी, ललित राजवंशीले एक एक विकेट हात पारे । 

आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १०:४३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।