Logo

खेलकुद

पीएसजी छाड्दै मेस्सी, अन्तिम खेल शनिबार खेल्ने



काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले पेरिस सेन्ट–जर्मेन (पीएसजी) यसै सिजनपछि छोड्ने भएका छन् । पीएसजीका म्यानेजर क्रिस्टोफे गाल्टियरले बिहिबार आयोजित प्रेस मिटमा मेस्सीको बहिर्गमन पुष्टि गरे ।

उनका अनुसार अब मेस्सीले पीएसजीका लागि अन्तिम खेल शनिबार क्लेरमोन्टविरुद्ध खेल्ने छन् । म्यानेजर गाल्टियरले भने, ‘पीएसजीमा मेस्सीको अन्तिम खेल क्लेरमोन्ट फुटविरुद्ध हुनेछ । मैले इतिहासमै सर्वोत्कृष्ट फुटबलरलाई प्रशिक्षण दिने सौभाग्य पाएँ । पार्क डेस प्रिन्सेसमा मेस्सीको यो अन्तिम खेल हुनेछ ।’

मेस्सी सन् २०२१मा बार्सिलोना छोडेर पीएसजीमा आवद्ध भएका थिए । यस क्लवलाई उनले लिग वानको टाइटल जिताउन सफल भए । यद्यपि, च्याम्पियन्स लिगको उपाधिबाट भने पीएसजी टाढै रह्यो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १९:१४   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।