Logo

खेलकुद

मलेसिया विरुद्धको चौथो खेलमा नेपाल पराजित, सिरिज दुई–दुईको बराबरीमा



काठमाडौं । घरेलु टोली मलेसियाविरुद्धको चौथो खेलमा नेपाल पराजित भएको छ । पाँच खेलको महिला टी–ट्वान्टी सिरिजअन्तर्गत शनिबार भएको खेलमा घरेलु टोलीले ४ विकेटको जित दर्ता गरेको हो । जितसँगै मलेसियाले पाँच खेलको सिरिजमा २–२ को बराबरी गरेको छ ।

नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो । मलेसियाका लागि विनिफ्रेड दुराईसिंघमले ५२ बलमा ३८ रन बनाईन् । महिराह इज्जाती इस्माइलले २६ बलमा १६ रन बनाउँदा कप्तान मास इल्साले १८ बलमा १३ रन बनाईन् ।

नेपालका लागि कप्तान रुविना क्षेत्री, कविता कुँवर, कविता जोशी र सीता रानामगरले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको हो ।

नेपालका लागि इन्दु बर्माले ३१ बलमा ३ चौकाको सहयोगमा ३२ रन बनाईन् । बिन्दु रावलले २६ बलमा २४ रन बनाउँदा कविता १२ रनमा अविजित रहिन् । यी बाहेक अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

घरेलु टोलीका लागि विनिफ्रेड दुराईसिंघमले ३ तथा एसा इलिसा र महिराह इज्जाती इस्माइलले समान १–१ विकेट लिए। योसँगै सिरिज दुई दुईको बराबरीमा पुगेको छ ।

नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गरेको थियो । मलेसियासँग २१ गते नेपालले पाँचौं तथा अन्तिम खेल खेल्नेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १२:२४   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।