काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअघिको अभ्यासखेलमा नेपाल स्कटल्याण्डसँग १३५ रनमै अलआउट भएको छ । जिम्बाव्वेमा हुने विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाल टिमले टस हारेर पहिला ब्याटिङ गरेको थियो । एकदिवसीय खेलमा नेपाली खेलाडीहरु २८.५ ओभरभन्दा टिक्न सकेनन् ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । आसिफ शेखले २८, कुशल भुर्तेलले १६ र दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । स्कटल्याण्डका ब्रण्डन म्याकमुलेन र ज्याक जार्भिसले ३–३ विकेट लिए ।




















प्रतिक्रिया