Logo

खेलकुद

महिला इमर्जिङ एशियाकपका लागि नेपाली टोलीको घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एसीसी इमर्जिङ टिम्स एशियाकपका लागि नेपाली महिलो टोलीको घोषणा गरेको छ । रुबिना क्षेत्रीको कप्तानीमा संघले १४ सदस्सीय टोलीको घोषणा शुक्रबार गरेको हो ।

प्रतियोगिता १२ जुनदेखि २१ जुनसम्म हङकङमा हुनेछ । प्रतियोगितामा नेपाल आयोजक हङकङसँगै पाकिस्तानको ए र भारतको ए टोलीसँगै समुह ए मा रहेको छ । नेपालले प्रतियोगितामा जुन १३ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिता सुरु गर्ने छ । त्यस्तै जुन १५ मा दोस्रो खेलमा भारतसँग र १७ जुनमा आयोजक हङकङसँग खेल्नेछ ।

नेपाली महिलो टोलीले अहिलेसम्म कै ठुलो प्रतियोगिता खेल्न लागेको हो । थाइल्याण्डले भिसाका कारणले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उसको स्थानमा नेपालले अवसर पाएको हो ।

नेपाली टोलीमा कप्तान रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, अस्मिना कर्माचार्य, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, विकेट किपर ज्योति पाण्डे , कृतिका मरासनी, सम्झनाकुमारी खड्का, इश्वरी विष्ट, सरस्वतीकुमारी चौधरी, कविता जोशी रहेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १२:५१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।