Logo

राजनीति

कान्तिपुरले पत्रकारलाई सेवाबाट निकालेप्रति प्रेस युनियनको आपत्ति



काठमाडौं । नेपाल प्रेस युनियनले कान्तिपुर मिडिया ग्रुपले श्रमजीवी पत्रकार तथा कर्मचारीहरुलाई सेवा निकालेप्रति आपत्ति जनाएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारको तलब बढाउन सिफारिस गरेका बेला तलब वृद्धि गर्नुको साटो पत्रकार र कर्मचारीहरुलाई कान्तिपुरले सेवाबाट निकालेको गुनासो आएको छ ।

लामो समय अवधि काम गरेका स्थाथी तथा करार, स्ट्रिन्जर पत्रकारको सम्झौता नवीकरण नगर्ने, कपियलाई स्ट्रिन्जर बस्न र केहीलाई राजीनामा दिन बाध्य बनाउन मानव संशाधन विभागबाट फोनमार्फत मानसिक पीडा दिने जस्ता कार्य तत्काल रोक्न प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमार्फत कन्तिपुरलाई आग्रह गरिएको छ ।

प्रेस विज्ञप्ति हेर्नुहाेस् 

 

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार २१:३९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।