काठमाडौं । कीर्तिपुर नगरपालिका–९ ढल्पास्थित सिरक–डसना उद्योगमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आज दिउँसो करिब २ः३० बजे आगलागी भएको हो। प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।
आगलागीबाट उद्योगमा रहेका तीनवटा मेसिन तथा गोदाममा भण्डारण गरिएका सिरक–डसनामा क्षति पुगेको उद्योग सञ्चालक चौधरीले जानकारी दिए।
उनका अनुसार आगलागीबाट करिब २० देखि २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको अनुमान छ।




















प्रतिक्रिया