काठमाडौं । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अघिको वार्मअप खेलमा युएईलाई २७७ रनको लक्ष्य दिएको छ । जिम्बाबेको हरारेमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय ७६ रन बनाएको हो ।
जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपालले दुई अभ्यास खेल खेलेको थियो ।
अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग नेपालले कमजोर ब्याटिङका कारण हार बेहोरेको थियो । नेपाल उत्कृष्ट प्रदर्शनका साथ जिम्बावे यात्राको सुरुआत गर्न चाहन्छ ।
युएईले पनि विश्वकप छनोटलाई ध्यानमा राखेर वेस्ट इन्डिजसँग तीन खेलको ओडिआई सिरिज खेलेको थियो । उक्त सिरिज युएईले ३–० ले गुमाएको थिए ।




















प्रतिक्रिया