काठमाडौं । एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा अन्तर्गत नेपाल र भारत ए बीचको खेल रद्द भएको छ । वर्षका कारण खेल रद्द भएसँगै नेपाल र भारत ए ले १/१ अंक बाडेका छन् । अंक बाडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ ।
हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान सवा ११ मा सुरु हुने तालिका रहेको थियो । थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।
एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।
नेपालले समूह चरणको अन्तिम खेलमा १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।




















प्रतिक्रिया