Logo

खेलकुद

नेपाललाई ओमनले दियाे २६८ रनको लक्ष्य



काठमाडौं । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा ओमानबाट २ ६८ रनको लक्ष्य पाएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलब २ ओभरमा अलआउट हुदै २ सय ६७ रन बनायो ।

ओमानका लागि कप्तान जिशान मकसुदले १ सय ६ बलमा १ सय ९ रनको शतकीय ईनिङ खेले ।  नेपालले बलिङमा उत्कृष्ट सुरुआत गरेको थियो । ओमानले ६ दशमलब २ ओभरमा ७ रन जोड्दा ४ विकेट गुमाएको थियो । पाँचौ विकेटका लागि कप्तान मकसुद र सोयब खानले १ सय १४ बलमा ९४ रनको साझेदारी गरे पछि ओमान खेलमा फर्किएको थियो । खानले ६८ बलमा ३८ रन बनाए ।

सातौं विकेटका लागि मकशुदले आयान खानसँग १ सय १५ रनको शतकीय साझेदारी गदैं टोलीलाई बलियो योगफल तर्फ पुर्याएका थिए । खानले ४६ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । आठौं विकेटका लागि खान र नसिम खुसिले २८ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो योगफलमा पुर्याए ।

सन्दीप गोडीले ३१ बलमा १५ तथा नसिम खुसिले ९ बलमा १७ रन बनाए । नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, प्रतिश जि.सीले समान १/१ विकेट लिए ।

पहिलो वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो भने ओमान घरेलु टोलीसँग २८ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १६:३९   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।