Logo

खेलकुद

फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित



काठमाडौं । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । फिलिपिन्सको रिजल मेमोरियल स्टेडियममा बिहीबार भएको खेलमा नेपाललाई १–० गोल अन्तरले हारेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा फिलिपिन्सले गोल हानेको थियो । फिलिपिन्सको जितमा जार्भे गायोसोले निर्णायक गोल गरे ।

फिलिपिन्सविरुद्ध डिफेन्डर विमल पाण्डे र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । दुबै खेलाडी सुरुआती–११ मा पर्दै डेब्यु गरेका हुन् ।

भारतमा आयोजना हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको हो । भारतको बेंगलुरुमा आयोजना हुने साफ असार ६ देखि १८ गतेसम्म हुनेछ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार २०:११   :  बजे

219
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।