काठमाडौं । किर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको खेल तालिका सार्वजनिक भएको छ । उक्त खेल तालिका अनुसार नेपालले पहिलो खेल मंगोलियासँग खेल्ने छ ।
नेपालले भोलि (आइतबार) मंगोलियाको सामना गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग खेल्ने तालिका रहेको छ ।
नेपालले तेस्रो खेलमा मंगलबार इरान, चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग खेल्ने छ । नेपाली टोली शनिबार किर्गिस्तान पुगिसकेका छन् ।




















प्रतिक्रिया