Logo

खेलकुद

इमर्जिङ एसिया कप : हङकङसँग खेल रद्द भएपछि नेपाल समूह चरणबाटै बाहिरियो



काठमाडौं । हङकङसँगको खेल पनि रद्द भएपछि नेपाल एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । नेपाल र हङकङबीचको खेल टस समेत हुन नसकि रद्द भएपछि १/१ अंक बाडेका छन् ।

अंक बाडेसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ । हङकङलाई पराजित गरि नेपाल इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा प्रवेशको सम्भावना जिवित राख्न चाहन्थो । नेपाल र हङकङ बाहिरिएसँगै भारत ए र पाकिस्तान ए यस समूहबाट सेमिफाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो । बिहीबार भारत ए सँगको दोस्रो खेल पनि वर्षाका कारण रद्द भएको थियो ।

थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार ११:३९   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।