काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
आसिफले २८औं ओभरको पाँचौ बलमा टेन्डाई चटारालाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
आसिफले ८३ बलमा ५ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । एक दिवसीय क्रिकेटमा यो उनको नवौं अर्धशतक हो । नेपालले अहिले २९ ओभरमा कुनै विकेट नगुमाई १ सय ५६ रन बनाएको छ ।




















प्रतिक्रिया