Logo

खेलकुद

जिम्बावेविरूद्ध ऐतिहासिक शतक बनाउन कुशल एक रनले चुके



काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वेविरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् । टेस्ट मान्यता प्राप्त टोलीसँगको पहिलो खेलमा भुर्तेलले शतक बनाउँनबाट एक रनले पछि परेका हुन् ।  कुशल ९९ रन बनाएर आउट भए ।

९५ बल खेलेका उनले १३ चौका र २ छक्का हाने ।

पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी गरे । यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।

नेपालका दुवै ओनपर आउट भएका छन् । कुशल ९९ रनमा आउट हुँदा आसिफ ६६ रन बनाएर आउट भएका छन् । नेपालले  ३७ ‌ओभरमा २ विकेटको क्षतिमा १७४ रन जोडेको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १५:०२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।