विराटनगर । प्रदेश नंं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सरकारसँग वार्ता गर्न टोली बनाएको छ । वार्ता टोलीमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु रहेका छन् ।
सरकारले वार्ताका लागि पत्राचार गरेको एक सातापछि आन्दोलनकारी पक्षले आइतबार वार्ता टोली बनाएको हो । विभिन्न जातीय संघसंस्था र राजनीतिक दलको प्रतिनिधित्व हुने गरी वार्ता टोली बनाइएको छ । वार्ता टोलीलाई आन्तिम रुप दिन बाँकी रहेको बताइएको छ ।
वार्ता टोली गठनसँगै सोमबार बिहान विराटनगरस्थित होटल बिगमा वार्ता हुने तय भएको छ । कोशी सरकारले पहिचानवादी आन्दोलनकारीसँग वार्ता गर्न मन्त्रीस्तरीय समिति बनाइसकेको छ। सिंचाइ खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा बनाइएको सरकारी वार्ता टोलीमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहेका छन् ।
फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि नामकरणविरुद्ध आन्दोलन सुरु भएको थियो ।




















प्रतिक्रिया