काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले फेरि झड्का व्यहोरेको छ ।
योसँगै नेपालको नेपालको पाँचौ विकेट गएको छ । टिमको स्कोर ९२ रन हुँदा कुशल मल्ल ६ रनमा आउट भएका हुन् । उनलाई अकेल होसिनले केयु कार्टीको हातबाट क्याच आउट गराए । यसअघि कप्तान रोहितकुमार पौडेल ३०, आसिफ शेख २८, भीम सार्की २ तथा कुशल भुर्तेल ५ रनमा आउट भएका थिए ।
आफ्ना ५ जना ब्याटर आउट भएपछि नेपाल दबाबमा परेको छ । नेपालका ओपनर कुशल भुर्तेल ५ रनमा आउट भएका थिए । उनलाई १.४ ओभरमा जोसेप होल्डरले बोल्ड गरेका हुन् ।




















प्रतिक्रिया