Logo

खेलकुद

आईसीसी विश्वकप छनोट: छैटौं विकेट गयो, दीपेन्द्रसिंह ऐरी आउट



आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजले दिएको ३४० रनको लक्ष्य पन्छाइरहेको नेपाललाई  छैटौं झड्का लागेको छ ।  छैटौं विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी २३ रनमा  आउट भए ।

नेपालले २९  ओभरमा ६ विकेटको क्षतीमा  १२९ रन बनाएको छ ।  नेपालले कप्तान रोहित पौडेललाई व्यक्तिगत  ३०, आसिफ शेखलाई २८,कुशल भुर्तेललाई ५,भीम सार्कीलाई २ र कुशल मल्ललाई २ रनमा गुमायो ।

त्यसअघि जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा  टस हारेर ब्याटिङ  गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा  ७ विकेटको क्षतीमा ३३९  रन  बनायो ।

यो खेल जिते नेपालको सुपर सिक्सको सम्भावना बलियो हुनेछ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १९:२३   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।