काठमाडाै । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजले दिएको ३४० रनको लक्ष्य पन्छाइरहेको नेपाल अन्तत: पराजित भएकाे छ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल वेस्टइन्डिजसंग १०१ रनले पराजित भएको छ । याे सँगै नेपालकाे सुपर सिक्स यात्राको सम्भावना कमजोर भएकाे छ ।
वेस्टइन्डिजले दिएको ३४० रनको लक्ष्य पन्छाएको नेपाल ४९ दशमलब ४ ओभरमा २३८ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन बनाए ।
यस्तै गुल्शन झाले ४२, कप्तान रोहित पौडेलले ३०, करण केसीले २८,आसिफ शेखले २८, दीपेन्द्रसिंह ऐरीले २३,कुशल भुर्तेलले ५,भीम सार्कीले २, कुशल मल्लले २,सन्दीप लामिछानेले १ रन बनाए ।
त्यसअघि जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतीमा ३३९ रन बनायो ।
नेपालको यो दोस्रो हार हो । यसअघि जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको थियो । यो हारसँगै नेपालको सुपर सिक्सको सम्भावना कमजोर बनेको छ ।




















प्रतिक्रिया