काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्र्तगत नेपाल नेदरल्याण्डसंग ७ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्याण्डले २७ दशमलब १ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो । उसका लागि म्याक्स ओडाउडले सर्वाधिक ९० रन बनाए ।
नेपालका सन्दीप लामिछानेले २ र गुल्शन झाले १ विकेट लिए । त्यसअघि जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्ता पाएको नेपाल ४३ दशमलब ३ ओभरमा १६७ रनमा अलआउट भयो ।
जसमा कप्तान रोहित पौडेलले ३३,सन्दीप लामिछानेले २७,कुशल भुर्तेलले २७,भीम सार्कीले २२ रनको योगदान गरे । नेदरल्यान्ड्सका लोगन भान बीकले ४ तथा बास डि लिडे र बिक्रमजित सिंहले समान दुई विकेट लिए ।
आफ्नो समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपालको सुपर सिक्समा पुग्ने सपना अधुरै रहेको छ । समूह चरणका चार खेलमध्ये एक खेल मात्रै जितेको नेपाल समूहचरणबाटै बाहिरिएको छ ।
पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित नेपाल दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको थियो । चौथो खेलमा आज नेदरल्याण्डसंग ७ विकेटले पराजित भयो ।




















प्रतिक्रिया