Logo

खेलकुद

‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशन हुने



काठमाडौं । नेपाली खेलकुदकाे समग्र इतिहासको वृत्तान्त खोतल्ने खोजमुलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशक क्रियटिभ बुक्सले प्रकाशन गर्ने भएको छ ।

खेल पत्रकार नवीन अर्यालद्वारा लिखित सो पुस्तक शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा यसै महिना काठमाडौंमा सार्वजनिक गरिने क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले जनाए । लामो समय खेलकुद पत्रकारितामा संलग्न अर्यालको यो पहिलो पुस्तक हो ।

‘पुस्तकमा नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेल–यात्राको वर्णन गरिएको छ’ उनले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै भने, ‘सीमित साधन स्रोतकाबीच नेपालको घरेलु खेलकुदलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भूमिका र योगदानलाई पनि लिपीवद्ध गरिएको छ ।’

भारोत्तोलनका कीर्तिमानी खेलाडी सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनबाट यात्रा आरम्भ गरेको क्रियटिभ बुक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्रीको पुस्तक कप्तान १९९८ प्रकाशन गरिसकेको छ । साथै, निकट भविष्यमै खेलकुदसम्बन्धि करिब आधा दर्जन पुस्तक प्रकाशनको तयारीमा रहेको क्रियटिभ बुक्सका अध्यक्ष ठकुरीले बताए ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार ११:४९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।