काठमाडौं । चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’ अन्तर्गत नवल खड्का अभिनीत तथा निर्देशित फिल्म ‘काँडेतार’ लाई १० लाख प्रदान गरेको छ ।
शनिबार आयोजित बोर्डको २३ औं वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्मलाई उक्त राशी प्रदान गरिन् ।
स्टोरी बैंक (कथा संग्रहालय)अन्तर्गत ‘काँडेतार’को कथालाई उत्कृष्ट ठहर्याउँदै बोर्डले रकम प्रदान गरेको हो । यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ ।
पुरस्कार ग्रहण गर्दै निर्देशक तथा निर्माता खड्काले देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित फिल्मलाई सरकारले सहयोग प्रदान गरेकोमा स्वदेशी फिल्मको प्रवर्द्धनमा सहयोग पुगेको महसुस गरेको बताए ।
२०७७ सालमा बोर्डले मौलिक फिल्म निर्माणमा प्रोत्सान गर्न ‘स्टोरी बैंक’ स्थापना गरेको थियो ।





















प्रतिक्रिया