काठमाडौं । प्रहरीले गोप्य सूचनाको आधारमा लागुऔषध प्रयोग गरेको शंका गरी एकजना व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ गरेका व्यक्तिलाई प्रहरी कार्यालय लगेर बान्ता गराउँदा खैरो हिरोइन बान्ता गरेको प्रहरीले जनाएको छ ।
गएको १५ गते शुक्रबार प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर १० भुडा सडकघाटमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ७ बस्ने भरत सिंहले चलाइरहेको सु.प.प्र.०२००३ प ७९७८ नम्बरको मोटरसाईकल र सोही मोटरसाइकलमा सवार नरेन्द्र सिंह ठगुन्नालाई शंका लागि चेकजाँच गर्दा भरत सिंहले लागुऔषध खैरो हेरोईन प्लाष्टिकको पोका बनाई सेवन गरेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीले निजहरुलाई प्रहरी चौकी भुडामा लगेर बान्ता गराउँदा भरत सिंहले लागुऔषध खैरो हेरोइन जस्तो पदार्थ रहेको दुई ओटा प्लाष्टिकको पोका बान्ता गरी निकालेको र त्यसको तौल ३ ग्राम ४७ मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त पदार्थ बरामद गरी मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको जनाएको छ ।




















प्रतिक्रिया