काठमाडाैं । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट अलराउण्डर प्रदर्शनमा आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको छ ।
जितका लागि पाएको १८२ रनको लक्ष्य नेपालले ४३ दशमलब २ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र र सन्दीपले महत्वपूर्ण योगदान दिए । एक समय १०६ रनमा ७ विकेट गुमाएर संकटमा परेको नेपाललाई दीपेन्द्र र सन्दीपले सम्हालेका थिए ।
यी दुबै ब्याटरले अर्धशतकीय ७९ रनको विजयी साझेदारी गरे । दीपेन्द्र ७९ र सन्दीप २३ रनमा अविजित रहे । दीपेन्द्र प्लेयर अफ द म्याच भए । यस्तै गुल्शन झा १२,कुशल भुर्तेल ३५, आरिफ शेख १, भीम सार्की १,कप्तान रोहित पौडेल ४,ज्ञानेन्द्र मल्ल १३ र अर्जुन साउँद १ रन बनाए ।
त्यसअघि हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्ता पाएको युएई ४६ दशमलब ५ ओभरमा १८१ रनमा अलआउट भयो । जसमा वृत अरविन्दले सर्वाधिक ४४ र रोहन मुस्तफाले ३५ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसीले ३, गुल्शन झा,दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसीले एक एक विेकट लिए । जितसँगै सुपर सिक्सबाट बाहिरिसकेको नेपालले सातौं स्थानका लागि टेस्ट टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
युएई भने नवौं स्थानको लागि अमेरिकासँग भिड्नेछ ।




















प्रतिक्रिया