Logo

प्रमुख समाचार

विपन्नलाई निःशुल्क शय्या उपलब्ध नगराउने अस्पताल सरकारले चल्नै नदिने



काठमाडौं । सरकारले गरिब, असहाय र विपन्न बिरामीलाई निःशुल्क शय्या उपलब्ध नगराउने अस्पताललाई चल्नै नदिने चेतावनी दिएका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारसँग स्वीकृति लिँदा नै अस्पतालहरूले १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने सहमति गरेका भन्दै यस्तो बताएका हुन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले भने, ‘निःशुल्क शय्या उपलब्ध नगराउने अस्पतालहरूलाई चल्न दिनौं, नवीकरण पनि हुँदैन । कुनै अस्पतालले कार्यान्वयन गरेनन् भने खबर गर्नुहोला। म पनि अस्पतालहरू अनुगमन गर्दैछु।’

वीर अस्पतालमा ७ सय, कोशी अस्पतालमा ३ सय ३०, कान्ति बाल अस्पतालमा २ सय ४८, ट्रमा सेन्टरमा १ सय ५०, शहिद गंगागाल राष्ट्रिय हृदय रोग केन्द्रमा ९० शय्या निःशुल्क उपलब्ध गराउने मन्त्री बस्नेतको भनाइ छ।

‘अस्पतालहरूले सरकारसँग स्वीकृति लिँदा नै १० प्रतिशत शय्या निस्शुल्क उपलब्ध गराउने सहमति गरेका छन्, त्यसअनुसार गरिब, निमुखा, असहाय र विपन्नलाई अस्पतालले शय्या निस्शुल्क उपलब्ध गराउन सुरू गरिसकेका छन्,’ सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले भने।

२२ जिल्लाका विपन्न नागरिकले कार्ड देखाएर र अन्य जिल्लाले वडाको सिफारिस देखाएर अस्पतालहरूमा निःशुल्क शय्या सुविधा लिन सक्ने स्वास्थ्य मन्त्री बस्नेतको भनाइ छ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १६:५३   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।