Logo

खेलकुद

उपाधि विजेता यु-१६ नेपाली टोलीलाई ५० हजार दिइने



काठमाडौं । एसिसी यु १६ इस्ट जोन कपको उपाधि जितेको नेपाली युवा क्रिकेट टोलीलाई जनही ५० हजार नगदले पुरस्कृत गरिने भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले यु १६ का खेलाडी र अफिसियललाई नगदसहित पुरस्कृत गर्ने कोषाध्यक्ष रोशन सिंहले घोषणा गरेका हुन् ।

मङ्गलवार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १२:१३   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।