काठमाडौं । एसियाली क्रिकेट काउन्सिलले इमर्जिङ एसिया कप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ ।
५० ओभरको ढाँचामा खेलिने इमर्जिङ एसिया कप जुलाई १३ (२०२३) बाट सुरु हुनेछ । श्रीलंकाको घरेलु मैदानमा हुने प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल खेल २३ जुलाईमा हुनेछ ।
यी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । एसीयाका टेस्ट मान्यता प्राप्त पाँच टोलीका ए टिम तथा अन्य तीन टोलीले सहभागीता जनाउँदै छन् ।
नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । उक्त प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमान इमर्जिङ कप खेल्दै छन् ।
इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छ ।

दीपेन्द्र र सन्दीपले एसिसी इमर्जिङ कप नखेल्ने
लेग स्पीनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी इमर्जिङ कप नखेल्ने भएका छन् । ग्लोबल टी-२० लिग खेल्न क्यानडा जाने भएकोले सन्दीप र दीपेन्द्र यस पटक इमर्जिङ टिम्स एसिया कपमा हुने छैनन् ।
जिम्बावेमा भएको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलेर आज स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान रोहित पौडेलले दुई खेलाडीले इमर्जिङ कप गुमाउने बताएका हुन् ।




















प्रतिक्रिया