Logo

खेलकुद

पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गरेको नेपाललाई सुरुवाती झड्का, दुबै ओपनर आउट



काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध पहिला ब्याटिङ थालेको छ । तर नेपालका दुबै ओपनर आउट भएका छन् ।

ओपनर मोहमद शेख १२ र कुशल भुर्तेल १ रन बनाउँदै आउट भएका छन् । भुर्तेल टिमको स्कोर १४ रन हुँदा सहबाज धानीको बलमा बोल्ड भएका हुन् ।

समूह ए मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र ओमान ए छन् । समूह बी मा नेपाल, भारत, पाकिस्तान र युएईको ए टोली छ ।

नेपाल बाहेक अन्य सबै एसोसिएट टोलीले दोस्रो रोजाईको टोली पठाएको छ । नेपालले दोस्रो खेल भारतसँग सोमबार र युएई ए सँग बुधबार खेल्नेछ ।

बिहीबारदेखि सुरु भएको एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट आगामी जुलाई २३ सम्म हुनेछ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार १०:५७   :  बजे

300
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।