Logo

खेलकुद

पाकिस्तानविरुद्ध नेपालले गुमायाे सातौं विकेट



काठमाडौं । एसीसी इमर्जिङ एशियाकपमा पाकिस्तानविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ ।

श्रीलंकाको कोलोम्बो क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले १४औं ओभरको समाप्तिमा सात विकेट गुमाएर ६९ रन बनाउँदा सात विकेट गुमाएको छ ।

समूह ए मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र ओमान ए छन् । समूह बी मा नेपाल, भारत, पाकिस्तान र युएईको ए टोली छ ।

नेपाल बाहेक अन्य सबै एसोसिएट टोलीले दोस्रो रोजाईको टोली पठाएको छ । नेपालले दोस्रो खेल भारतसँग सोमबार र युएई ए सँग बुधबार खेल्नेछ ।

बिहीबारदेखि सुरु भएको एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट आगामी जुलाई २३ सम्म हुनेछ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार ११:४३   :  बजे

516
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।