Logo

अर्थ

माछापुच्छ्रे क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पराग विष्ट नियुक्त



काठमाडौं । माछापुच्छ्रे क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पराग विष्ट नियुक्त भएका छन्। क्यापिटलको संचालक समितिको बैठकले आज साउन १ देखि लागु हुने गरि विष्टलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि उपेन्द्र मालाकार क्यापिटलको सीइओ थिए ।

विगत १९ वर्षदेखि नेपाल तथा भारतका बैंकिङ क्षेत्रमा कार्यरत सीईओ विष्टले इण्डियन इन्स्टिच्युट अफ कलकताबाट एक्जीक्युटिभ प्रोग्राम इन बिजनेश म्यानेजमेन्ट तथा दिल्ली विश्वविद्यालयबाट एमकमको अध्ययन पुरा गरेका छन् ।

विष्टले सन् २००४ मा आरआर इन्भेष्टर्स प्रालिबाट आफ्नो करियर सुरु गरेका थिए । उनले त्यहाँ २०११ सम्म एसीस्टेन्ट भाइस प्रेसिडेन्टको रुपमा काम गरेका थिए । सन् २०११ मा उनी एसएमसी ग्लोबल सेक्युरिटिज प्रालिमा एसीस्टेन्ट भाइस प्रेसिडेन्टको रुपमा आवद्द थिए। त्यसपछि उनले भारतको इन्फोलाइनमा एसोसियट भाइस प्रेसिडेन्टको रुपमा कार्य गरेका थिए ।

 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १५:४२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।