काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ‘ए’ टिमलाई १६८ रनको लक्ष्य दिएको छ ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६५ रन बनाए । यस्तै गुल्शन झाले ३८, देव खनालले १४, सोमपाल कामीले १४ रन बनाए ।
दोस्रो बलमै ओपनर कुशल भुर्तेल खाता नखोली आउट भएपछि दोस्रो विकेटका लागि आसिफ शेख र देव खनालले २७ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रायस गरेका थिए । आसिफ छैटौं ओभरमा व्यक्तिगत ७ रनमा आउट भएपछि नेपालले लगातार चार विकेट गुमायो ।
भीम सार्की ४ रनमा आउट भए भने कुशल मल्लले खाता खोल्न सकेनन् । नेपालका लागि आज खेलेका कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी र पवन सर्राफले २०१९ मा इमर्जिङ कपमा भारतविरुद्ध खेलेका थिए ।




















प्रतिक्रिया