Logo

अर्थ

सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर



काठमाडौं । मंगलबार सुनको मूल्य बढेकाे छ ।

आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य स्थिर रहँदै प्रतितोला छापावाला सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४८० रुपैयाँ कायम भएको छ । हिजो पनि मूल्य स्थिर रहँदै चाँदी १ हजार ४८० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार ११:०५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।