Logo

धर्म / संस्कृति

प्रकाश सपुतको छुवाछुतविरुद्धको सन्देशसहितकाे ‘दमाई महाराज’ गीत सार्वजनिक,



काठमाडौं। गायक प्रकाश सपुतले गीत ‘दमाई महाराज’ युट्युबबाट सार्वजनिक गरेका छन्। ‘बोलमाया’ र ‘गलबन्दी’ को सिक्वेलका रूपमा सपुतले यो भिडिओ ल्याएका हुन्।

फरक फरक विषयवस्तुमा फरक शैली दिने गरेका गायक सपुतले याे भिडिओ पनि फरक स्वादमा प्रस्तुत गरेका छन् । सपुतले धर्मलाई केन्द्रमा राखेर भिडिओको निर्माण गरेका छन्, जसमा जातीय भेदभावको परम्परामाथि कडा प्रहार गरिएको छ। गीतमा सपुत एउटा पुराण वाचक पण्डितको भेषमा देखिएका छन्। भिडिओकाे अभिनयमै पछि उनले आफू दमाई भएकाे र दमाई भएकै कारण विभेदमा परेकाे पनि बताउँछन् ।

भिडिओको कथालाई बोलमायाको कथासँग जोडेर जातीय छुवाछूतको मुद्दालाई उठान गरिएको छ। भिडिओको कथा र निर्देशन पनि सपुतकै रहेको छ। भिडिओमा मोडलद्वय गरिमा शर्मा र गीता ढुङ्गानाको अभिनय छ। अञ्जली अधिकारीको पनि थोरै अभिनय छ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार २३:१९   :  बजे

516
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।